जुम ब्युटी एकेडेमीको ब्राण्ड एम्बेस्डरमा केकी अधिकारी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जुम ब्युटी एकेडेमीले नायिका केकी अधिकारीलाई आफ्नो ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । एकेडेमीले हालै महाराजगञ्ज शाखामा एक औपचारिक कार्यक्रम गरी नायिका अधिकारीलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको हो ।

एकेडेमीका सञ्चालकद्वय सौन्दर्यविद् जुनु चक्रधर र कृषप तनावासुले नायिका अधिकारीलाई ब्राण्ड एम्बेस्डर पाउँदा आफूहरूलाई ठूलो हौसला थपिएको भन्दै एकेडेमीले अझै आफ्नो क्षमता र अन्तर्राष्ट्रियस्तरमै गुणस्तरीयता बढाउँदै जाने बताउनुभयो ।

ADVERTISEMENT

नायिका अधिकारीले ब्युटीसियन क्षेत्रमा नाम र काम दुवैमा अब्बल जुम ब्युटी एकेडेमीसँग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसको सफलताको साक्षी बन्ने अवसर दिएकोमा सञ्चालकद्वयलाई धन्यवाद दिनुभएको थियो ।

कुपन्डोलमा प्रधान कार्यालय रहेको जुम ब्युटी एकेडेमीका महाराजगञ्ज, कलंकी, बौद्ध चुच्चेपाटी, तीनकुने, भक्तपुर, बनेपा, ग्वार्खो, गोंगबु, बालाजु र तीनकुनेमा शाखाहरू सञ्चालित छन् । एकेडेमीले पछिल्लो समय काठमाडौंको स्वयम्भूमा ११औं शाखा सञ्चालनमा ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?