काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राई कोलकातामा अभिनन्दित हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्ती सन्दर्भमा नेपाली जनकल्याण समिति कोलकाताले कुलपति राईलाई अभिनन्दन गरेको हो ।
कोलकाताको हावडास्थित शरत् सदनको प्रेक्षालयमा भव्य रूपमा भानु जयन्ती मनाइएको थियो । पश्चिम बंगाल सरकारका सहकारी मन्त्री अरुप रायको उपस्थितिमा कुलपति राईले ‘बिहानी’ पत्रिकाको २४औं अंकको विमोचन पनि गर्नुभएको थियो । सो पत्रिका प्रत्येक वर्ष भानु जयन्तीका सन्दर्भमा प्रकाशित गर्ने गरिन्छ ।
कार्यक्रममा सहकारी मन्त्री रायले भानुभक्तका नाममा हावडामा सडक निर्माणको निर्णय भइसकेको जानकारी दिँदै भानुभक्त आचार्यको प्रतिमा बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा प्रमुख अतिथि राई, प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य डा.मधुसूदन गिरी, कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्णप्रसाद तिमिल्सिना, नेपाली जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, पत्रकार तथा कवि प्रकाश सिलवाल, भारतीय प्राध्यापक डा.सत्यप्रकाश तिवारी, प्रवासी नेपाली संघ, भारतका अध्यक्ष नारायणप्रसाद होमागाईं, ‘बिहानी’ पत्रिकाका सम्पादक नरविक्रम थापालगायतले भानुभक्तको योगदानको चर्चा गर्नुभएको थियो ।
नेपाली जनकल्याण समिति कोलकाताका अध्यक्ष बद्रीविक्रम थापाले विभिन्न समयमा साहित्यिक गोष्ठी, सम्मेलन, अन्तक्र्रिया, कार्यशाला, सांस्कृतिक प्रदर्शन, रक्तदान, एम्बुलेन्स सञ्चालन, गंगासागर मेलामा स्वास्थ्य उपचार शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । कार्यक्रमको सञ्चालन समितिका महासचिव रामबहादुर कार्कीले गर्नुभएको थियोे ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts