एन्फालाई खेलाडीको ध्यानाकर्षण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका फुटबल खेलाडीहरूको छाता संगठन नेपाली फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । खेलाडी संघका प्रतिनिधिहरूले एन्फा अध्यक्ष पंकज नेम्वाङ र महासचिव किरण राईलाई ध्यानाकर्षण पत्र बुझाउँदै यू-१६ लिग, बी र सी डिभिजन लिग तथा महिला लिगको अवस्थाबारे जानकारी गराएका छन् ।

ए डिभिजनका १० क्लबहरू समावेश भएर सुरु भएको एन्फा यू-१६ युथ लिग अकस्मात रोकिनुको कारण, तोकिएको भन्दा चारवटा क्लब कम समावेश हुँदा कम खेलाडीले अवसर पाएको, सुरु भइसकेको लिग पनि बीचमा रोकिँदा खेलाडीको मानसिक स्वास्थ्यमा परेको असरलगायत विषयहरू ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

ADVERTISEMENT

त्यसबाहेक पत्रमा ‘पटक-पटक मिति तोक्दा पनि बी र सी डिभिजन लिग सञ्चालन हुन सकेको छैन । अधिकांश क्लबले अन्तिम तयारी नै सुरु गरेको अवस्थामा लिग नहुँदा खेलाडीको भविष्य नै अन्योलमा परेको छ । घरेलु फुटबलको मेरुदण्ड मानिएको लिग पिरामिडमा बी र सी डिभिजनको पनि ए डिभिजन जत्तिकै महत्व रहेको छ । एन्फालाई अबिलम्ब बी र सी डिभिजन लिगको मिति तोकेर क्लबहरूलाई तयारी सुरु गर्ने वातावरण गराइदिनुहुन अनुरोध गर्दछौं,’ लेखिएको छ ।

यस्तै, गत साता महिला राष्ट्रिय फुटबल टोलीको प्रायोजकका रूपमा प्राइभेट संस्थासँग सम्झौता भएको खबरले हर्षित भएको उल्लेख गर्दै खेलाडी संघले पत्रमा छिट्टै महिला लिगको नयाँ मिति सार्वजनिक गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *