काठमाडौं । आइएसएफ वल्र्ड स्कुल फुटबल च्याम्पियनसिपमा सहभागी हुन १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली मोरोक्को प्रस्थान गरेको छ । प्रतियोगिता जुलाई २२ देखि ३१ तारिखसम्म मोरोक्कोको राबाटमा हुनेछ ।
खेलाडीमा सक्षम भट्टराई, देवराज जर्घा मगर, अधिराज कार्की, श्रेयश शर्मा, आर्गेन तुलाधर, जेसिस कार्की, पर्वत चौलागाईं, कर्तव्य तामाङ, कृष्णबहादुर आले, किशोरकुमार दनुवार, एकराज विश्वकर्मा, यशराज विश्वकर्मा, स्वर्णिम श्रेष्ठ, दिलन लिम्बू, अनिश थापा मगर, निशान राणा र स्वयं थापा मगर हुनुहुन्छ ।
रमेशबहादुर कटुवालको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा आशिषमान सिंह, प्रशिक्षकमा राजेश श्रेष्ठ र अफिसियलमा विवेक कटुवाल हुनुहुन्छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । सो अवसरमा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट महासंघका सदस्यसमेत रहनुभएका विद्यालय खेलकुद संघ नेपालका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts