विमानस्थलमा बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि

Read Time = 1 min

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ।

भन्सार विभागले त्रिपुरेश्वरस्थित प्रयोगशालामा परीक्षण गर्दा बरामद गरिएको साढे ४ किलो पहेँलो धातु पित्तल रहेको पुष्टि भएको हो।

सुन भएको आशंकामा भन्सार कार्यालयका कर्मचारीले बैंककबाट काठमाडौं आइपुगेका थाई नागरिकबाट १० थान बिस्कुट आकारको पहेँलो धातु जफत गरेको थियो।

ADVERTISEMENT

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले उक्त धातु जफत गर्दा थाई नागरिकले आफू लुम्बिनी घुम्न आएको र त्यहाँ चढाउनका निम्ति उक्त सामान ल्याएको आग्रह गरेका थिए।

उक्त पहेँलो धातु थाई नागरिकलाई नै हस्तान्तरण गरिएको भन्सार विभागका एक कर्मचारीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?