लिभरपुलका कप्तान हेण्डरसन साउदी क्लबमा

Read Time = 1 min

लण्डन । लिभरपुलका कप्तान जोर्डन हेण्डरसन साउदी क्लब अल इतिफाकमा अनुबन्धित हुनुभएको छ । लिभरपुलले कप्तान हेण्डरसनलाई १२ मिलियन पाउण्डमा साउदी अरेबिया पठाउने निर्णय गरेको हो । इंग्ल्याण्डका मिडफिल्डरसमेत रहनुभएका हेण्डरसनको लिभरपुलमा दुई वर्ष सम्झौता अझै बाँकी रहँदा टोलीले उहाँलाई बेचेको हो ।

लिभरपुलका पूर्वकप्तान स्टेभन जेरोर्डलाई अल इतिफाकले मुख्य प्रशिक्षकमा अनुबन्धन गरेलगत्तै हेण्डरसनलाई भित्र्याएको हो । यस समर ट्रान्सफरमा धेरै ठूला खेलाडी साउदी अरब पुगेका छन् । जसमा रियल म्याड्रिडका पूर्वफरवार्ड करिम बेन्जिमादेखि चेल्सीका पूर्वमिडफिल्डर एनगोलो कान्टेसम्म हुनुहुन्छ ।

ADVERTISEMENT

लिरभपुलका फरवार्ड फिर्मिन्होले पनि क्लबसँगको सम्झौता सकिएसँगै अल अहिल जाने निर्णय गर्नुभएको छ । यस्तै, म्यानचेस्टर सिटीका विंगर रियाद महरेजसमेत साउदी क्लब अल अहिल जाने पक्का भएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *