सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

Read Time = 2 mins

काठमाडौं । तस्करीको एक क्वीन्टल सुन तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

राजश्व अनुसन्धान विभाग स्रोतले राजन श्रेष्ठलाई पक्राउ गरिएको जनाएको छ । उनलाई कोटेश्वरबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

अनुसन्धान गर्न १० दिनको म्याद थप

अहिलेसम्म विभागले एक चिनियाँसहित सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। तीमध्ये आज ६ जनाको म्याद थप भएको हो।

ADVERTISEMENT

आज पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जेछियाङ रहेका छन्। चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्र राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ  र रामकुमार भुजेल रहेका छन्।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले मंगलबार राति हङ्कङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो। घटना भने बुधबार मात्र सार्वजनिक भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?