बाँके र बर्दियामा लागुऔषधसहित चार जना पक्राउ

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बाँके र बर्दियाम लागुऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह नाकाबाट अवैध रुपमा लागु औषध ब्राउन सुगर २ ग्राम ६ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ का ४१ बर्षीय प्रमोद वस्नेत र सोहि नगरपालिका–८ का २४ बर्षीय प्रतिक शाही रहेका छन ।

यसैगरी बर्दियाको मधुवन नगरपालिका–९ बाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

ADVERTISEMENT

शंकास्पद रुपमा हिडिरहेका सोहि स्थानका २२ बर्षीय समिर गुरुङ सोहि नगरपालिका–८ का २९ बर्षीय जिवन खत्री रहेका छन ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हिक्मतबहादुर बोहोराका अनुसार उनीहरूको साथबाट ४० मिलिग्राम लागुऔषध फेला परेको छ ।

पक्राउ परेका सबैको जिल्ला अदालतबाट म्याद थप गरी आगुऔषध मुद्धामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?