महिला फुटबल टोलीलाई युनिलिभरको साथ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपालले मुख्य प्रायोजन गरेको छ । युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच मंगलबार एक कार्यक्रमका बीच सम्झौता भयो । युनिलिभरले महिला टोलीलाई एक वर्षका लागि मुख्य प्रायोजन गरेको हो । मुख्य प्रायोजन गरेबापत युनिलिभरले एन्फालाई २५ लाख रुपैयाँ प्रदान गर्नेछ ।

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । राष्ट्रिय टोलीकी गोलरक्षक तथा कप्तान एञ्जिला तुम्बापो सुब्बाले महिला टोलीलाई प्रायोजन गरेकोमा युनिलिभरलाई धन्यवाद व्यक्त गर्नुभयो । एन्फा अध्यक्ष नेम्वाङले यो सम्झौता नेपाली महिला फुटबल विकासमा नयाँ अध्यायका रूपमा रहेको बताउनुभयो ।

ADVERTISEMENT

युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले सबैजना मिलेर एकजुट भएमा मात्रै फुटबलको विकास गर्न सकिने भएकाले यो प्रायोजन गरेको बताउनुभयो । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले युनिलिभरलाई सहयोगका लागि धन्यवाद दिँदै निजी क्षेत्रको सहयोगले नेपाली खेलकुदलाई अघि बढाउन सकिने प्रतिक्रिया दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *