अर्थोपेडिक अस्पताललाई हिमालयको सहयोग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । हिमालय एयरलाइन्स प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य सेवा क्षेत्रका गतिविधि अघि बढाएको छ । सोही क्रममा एयरलाइन्सका अध्यक्ष झोउ एन्योङले एनडिए-नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा. कैलाशकुमार भण्डारीलाई दुई टनको स्ट्याण्डिङ एयर कन्डिसनर हस्तान्तरण गर्नुभएको छ । अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको छ, जहाँ बिरामीले सस्तो सेवाशुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउनेछन् । वार्डले कमजोर आर्थिक अवस्थाका बिरामीलाई सेवा दिने गरेको छ ।

ADVERTISEMENT

अस्पताल परिसरमा आयोजित हस्तान्तरण समारोहपछि एयरलाइन्सका अध्यक्ष झोउले सगरमाथा जनरल वार्डको भ्रमण गरी त्यहाँको अवस्था अवलोकन गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘हिमालय एयरलाइन्सको लक्ष्य नेपालको उड्डयन क्षेत्रमा प्रगतिशील वृद्धि गर्नेमात्रै नभई सामाजिक उत्तरदायित्वप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न सक्दो प्रयास गर्ने योजना पनि राखेको छ । म आशा गर्दछु कि हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथ कमजोर आर्थिक अवस्थाका बिरामीको सेवा गर्ने प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ ।’ उहाँले नेपाल अपांग संघका पदाधिकारीद्वारा हेरचाह गर्ने बालबालिकाको अनाथ आश्रमलाई सहयोग गर्न एयरलाइन्सकोे इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केही अंश सामाजिक उत्तरदायित्वका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
डा. भण्डारीले हिमालय एयरलाइन्सप्रति कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, ‘हामी हिमालयको यो मानवीय र उदार कार्यको उच्च प्रशंसा र कदर गर्छौं र नेपाल अर्थोपेडिक अस्पतालसँगको सहकार्यको सुरुवातका लागि हिमालय एयरलाइन्सप्रति हामी आभारी छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *