काठमाडौं । यामाहा नेपालले क्रिसमस र नयाँ वर्षको अवसर पारेर विशेष वित्तीय योजना ‘ड्रिम इट, वन इट’ सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले ७.९९ प्रतिशतको न्यून ब्याजदरमा आफ्नो सपनाको यामाहा मोटरसाइकल वा स्कुटर किन्न सक्नेछन् । ‘ड्रिम इट, वन इट’ योजना सबै यामाहा मोटरसाइकल र स्कुटरहरूमा (शर्तहरूसहित) उपलब्ध हुनेछ ।
ग्राहकहरूले कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट र लचिलो किस्ताबन्दी योजनाको फाइदा लिई सजिलैसँग यामाहा आफ्नो घर लैजान सक्नेछन् । साथै योजनाले सरल कागजी प्रक्रिया र रुचिअनुसारको इएमआई योजना रोज्ने सुविधा प्रदान गर्नेछ । योजनासँगै यामाहा नेपालले ‘टेस्ट राइट एण्ड विन’ अभियान पनि ल्याएको छ ।
अभियानअन्तर्गत हरेक ग्राहकले यामाहा टेष्ट राइडमा सहभागी भएर निश्चित उपहार पाउनेछन् र लक्की ड्रमार्फत् आकर्षक उपहार जित्ने अवसरसमेत पाउनेछन् । एमएडब्लु राइड्सका कार्यकारी निर्देशक एवं सिइओ दीपककुमार अग्रवालले भन्नुभयो, ‘ड्रिम इट, वन इट’ वित्तीय योजनामार्फत् हामीले ग्राहकका लागि यामाहा मोटरसाइकल र स्कुटर अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौँ । यामाहाको उत्कृष्ट प्रदर्शन, भरपर्दो गुणस्तर र १० वर्षे वारेन्टीसहितको प्रतिबद्धताले १५ वर्षदेखिको एफआई नेतृत्वलाई सशक्त बनाउँदै ग्राहकलाई अनुपम सवारी अनुभव प्रदान गर्नेछ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements