काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए) महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ । आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमबीच चार लाख रुपैयाँ मूल्य बराबरका बेबी वार्मर, बायोकेमेस्ट्री एनालाइजर र टेस्ट किट अस्पताल एनआरएनएतर्फबाट पूर्वकोषाध्यक्ष हिक्मत थापाले उपकरणहरू हस्तान्तर गर्नुभएको एनआरएनएले जनाएको छ ।
सो अवसरमा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले अस्पताललाई उपलब्ध गराइएको सहयोगले बारबर्दिया नगर अस्पतालको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेय, अस्पताल व्यवस्थापन समिति अध्यक्ष तीर्थ पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्यलगायतको उपस्थिति थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता