‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सम्पन्न

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

भक्तपुर । भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज-२०२३’ सम्पन्न भएको छ । भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबार स्क्वायरमा ‘साइकल कनेक्ट संस्था’ले आयोजना गरेको उक्त च्यालेन्जको बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले रिबन काटेर शुभारम्भ गर्नुभएको थियो ।

तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै पर्यटकीय विकासमा ठूलो टेवा पुर्‍याउँदै आएको गोसाईंले बताउनुभयो । सफलतापूर्वक सञ्चालन हुँदै आएको यस च्यालेन्जले साइकल यात्रीलाई प्रोत्साहन दिनुका साथै यहाँको प्राकृतिक सौन्दर्यलाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवद्र्धनमा टेवा पुर्‍याएको उहाँले चर्चा गर्नुभयो ।

संस्थाका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यस वर्ष कार्यक्रममा छ सयभन्दा बढी साइकल यात्रीको सहभागिता रहेको बताउनुभयो । उहाँले भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउनुका साथै टर्की र सिरियाका भूकम्पपीडितलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

ADVERTISEMENT

भक्तपुर तथा काभ्रेपलाञ्चोकका अधिकांश पर्यटकीय क्षेत्रको सौन्दर्यलाई नियाल्दै दुई हजार एक सय मिटर उचाइसम्म एक सय किलोमिटरको यात्रा एकै दिनमा सक्ने बालाले बताउनुभयो । उहाँका अनुसार बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरु भएको साइकल यात्रा सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, नीलबाराही, बेँसीगाउँ, दुवाकोट हुँदै चाँगुनारायणसम्म पुगेको थियो ।

यो यात्रा त्रिशूलडाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोठिमी, सल्लाघारी हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा पुगेर साँझ ७ बजे समापन भएको थियो ।

साइकल कनेक्टका अध्यक्ष निर्जला कोजूले च्यालेन्जमा भक्तपुर, काठमाडौं, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज, चितवन, नवलरासी, बुटवललगायत शहरबाट साइकल यात्रामा सहभागी हुन आउनुभएको बताउनुभयो । उहाँका अनुसार यात्रामा अमेरिका र युरोपियन राष्ट्रका विदेशी साइकल यात्रीसमेत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?