सिर्जनशीलका जुडो खेलाडी र आश्रितलाई सहयोग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-९ स्थित सिर्जनशील बाल सेवा परिवारमा आश्रित जुडो खेलाडीका साथै अन्य आश्रितलाई शनिबार खाद्यान्न र विद्यालय पोशाक सहयोगस्वरूप प्रदान गरिएको छ । जुडो विश्व भ्रमण दलका सदस्य फ्रान्सका लाउरेन्ट डि अलोभिराले उपलब्ध गराएको सहयोग आश्रितलाई हस्तान्तरण गरिएको हो । सहयोगका लागि अस्ट्रेलियाको मेल्बर्नमा बस्दै आएका जुडो खेलाडी मोहन बमले पहल गर्नुभयो । मोहनकै पहलमा विगत तीन वर्षदेखि लाउरेन्टले सिर्जनशीलका आश्रितलाई सहयोग गर्दै आउनुभएको छ ।

सामाजिक तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएका संस्था किवानिज क्लब अफ एभरेष्ट, नेपाल, किवानिज क्लब अफ लालीगुराँस र किवानिज क्लब अफ सिन्धुपाल्चोकले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा किवानिज नेपालका डिस्ट्रिक्ट गभर्नर लक्ष्मण लम्साल, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जितलगायले सिर्जनशीलकी अध्यक्ष उमादेवी बस्नेतलाई सामग्री हस्तान्तरण गर्नुभयो ।

ADVERTISEMENT

सोही अवसरमा सिर्जनशीलमा निःशुल्क जुडो प्रशिक्षण गराइरहेका जुडो प्रशिक्षक उत्तमप्रताप राणालाई प्रोत्साहनस्वरूप ६० हजार तथा आश्रितको विद्यालय पोशाकका लागि करिब ६४ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष बस्नेतले सहयोगका लागि लाउरेन्टलाई धन्यवाद दिँदै पहल गरिदिएकोमा बमप्रति आभार प्रकट गर्नुभयो । बमले विगतमा पनि व्यक्तिगत तथा अन्यसँग सहयोग जुटाएर नेपाली जुडो र खेलाडीलाई सहयोग गर्दै आउनुभएको छ । सिर्जनशीलमा करिब २० जना अनाथ आश्रित छन् । तीमध्ये १५ जना जुडो खेल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?