काठमाडौं । अभिनेता मुकुन भुसालले चलचित्र ‘हेलिकप्टर’ निर्देशन गर्ने हुनुभएको छ । ४५ मिनेट अवधिको रहने चलचित्र सुदर्शन थापा प्रोडक्सन, सिने इक्विपमेन्ट र सिम्पल एड मिडियाको निर्माणमा बन्ने लागेको हो ।
बालमनोविज्ञानमा आधारित कथामा बन्न लागेको यो चलचित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलका लागि निर्माण हुन लागेको हो । चलचित्रका निर्माता सत्यराज चौलागाईं हुनुहुन्छ ।
चलचित्र क्षेत्रमा प्रवेश गर्दा आफूले देखेको सपना पूरा गर्ने उद्देश्यले यो निर्देशन गर्न लागेको अभिनेता मुकुन भुसालले बताउनुभयो । ‘म अभिनेता नै हो, अभिनेतानै रहनेछु । निर्देशक यो एउटा प्रोजेक्टको लागि मात्र हो’, भुसालले भन्नुभयो । सुदर्शन थापा, वसन्त निरौला र सत्यराज चौलागाईं निर्माता रहेको चलचित्रको कलाकार छनौटको क्रममा छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts