काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर करण केसीको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ओडिआई वरीयतामा सुधार भएको छ । ओडिआईको बलिङतर्फ सन्दीप लामिछानेले एक स्थान सुधार गर्दै २४औँ स्थानमा पुग्नुभएको छ । सन्दीपभन्दा पछि भारतीय तीव्रगतिका बलर जस्प्रित बुमराह २६औँ, श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा २९औँ हुनुहुन्छ । करण केसीले भने दुई स्थान सुधार गर्दै ८७औँ स्थानमा पुग्नुभएको छ ।
दीपेन्द्रसिंह ऐरीको बलिङ वरीयता भने पाँच स्थान खस्किँदै ६२औँ मा पुगेको छ । सोमपाल कामीको वरीयता पनि खस्किएको छ । उहाँ दुई स्थान झर्दै ७८औँ स्थानमा पुग्नुभएको छ ।
ओडिआई वरीयताको ब्याटिङतर्फ नेपालका रोहित पौडेल एक स्थान झरेर ७३औँ स्थानमा पुग्नुभएको छ । ओपनर आसिफ शेखको वरीयता चार स्थान घट्दै ७७औँ स्थानमा हुनुहुन्छ । नेपाल ओडिआईमा १४औँ र टी-२० आईमा १७औँ स्थानमा छ ।
रुविना सम्मानित
राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई गृहनगरमा सम्मान गरिएको छ । रुविनालाई झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकडभित्ताले सम्मान गरेको हो । रोटरी क्लब अफ काँकडभित्ताको १४औँ पदस्थापन कार्यक्रमका अवसरमा उहाँलाई नगदसहित प्रतिभा सम्मान गरिएको क्लबका अध्यक्ष रूद्र मैनालीले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts