काठमाडौं । विश्व नेपाली साहित्य महासंघ भक्तपुर जिल्ला शाखाले विश्व कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा नयाँ ठिमीको कमेरोटारमा ज्येष्ठ नागरिक सम्मान र सिर्जना वाचनको कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय उपाध्यक्ष विजय हितान (ब्रिटेन)ले भक्तपुर जिल्ला शाखालाई शुभकामनासहित कविता वाचन गर्नु भएको थियो ।
नेपाल शाखाका अध्यक्ष रेणु घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा शैलेन्द्र साकार, तुलसी दिवस, सल्लाहकार मणिराज सिंहले कविता सुनाउनुभएको थियो यस्तै राइटर्स इन्टरनेसनका साउथ एशिया च्याप्टरका राजेन्द्र गुरागाई र विनेसाम बागमती प्रदेश शाखाका अध्यक्ष तोयानाथ सुवेदीले पनि कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा ज्येष्ठ नागरिक ९३ वर्षीय डण्डीकेशर घिमिरेलाई सम्मान अर्पण गरिएको थियो । सचिव संगीता ठाकुरले स्वागत मन्तव्य दिनुभएको कार्यक्रममा कवि रविन्द्र आशिष शैली, अभय श्रेष्ठ, राजबाबु श्रेष्ठ सागर, कविता दहाल, संगीता ठाकुर, बुद्धिमान महर्जन, राधिका गुरागाई, भुवन शिवाकोटी चौघरे, अम्बिका खड्का, दुर्गा बराल ग्वाल्टारे, प्रमोद भण्डारी, नारायण नेपाल, रूद्र अधिकारीलगायतले कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सविता गजुरेलले गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts