काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय हुम्लाका प्रमुख चन्द्रभुषण झासहित चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
फिल्डमा गर्दै नगरेको कामको झुट्टा बिल भरपाई बनाई चार लाख ३८ हजार ५५७ रुपैयाँ भुक्तानी गरिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
झासँगै तत्कालीन सव-इन्जिनियर भीमबहादुर रोकाय, अदानचुली गाउँपालिका वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष दलबहादुर बुढा, फलफूल प्रशोधन तथा भण्डार केन्द्रकी सञ्चालिका सुष्मा (कार्की) उपर भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार कर्णाली प्रदेश सरकारको अनुदानबाट हाइटेक नर्सरी स्थापना तथा सञ्चालन गर्न तथा व्यावसायिक फलफूल नर्सरी प्रवर्द्धन कार्यक्रम अन्तर्गत दिइएको अनुदानमा अनियमितता भएको हो ।
फलफूल प्रशोधन तथा भण्डार केन्द्र, अदानचुली, मकै, हुम्लाले निर्माण गरेको नर्सरी तथा टनेल निर्माण कार्यमा फिल्डमा गरिएको वास्तविक परिमाणभन्दा बढी काम गरेको देखाई गलत नापी किताब, कार्यसम्पन्न प्रतिवेदन र अन्तिम बिल प्रमाणित गरी सोही बमोजिम झुट्टा बिल भरपाई बनाई फिल्डमा गर्दै नगरिएको कामको समेत भुक्तानी दिई भ्रष्टाचार गरिएको अभियोगपत्रमा उल्लेख छ ।
अख्तियारले भ्रष्टाचार भएको रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिम बिगो जफत र कारवाहीको माग गर्दै आरोपपत्र दायर गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच