काठमाडौं । एएफसी कप छनोटको पहिलो खेलमा नेपालको मच्छिन्द्र फुटबल क्लबले भुटानको पारो एफसीविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को तालिकाअनुसार मच्छिन्द्रले प्रारम्भिक चरणमा पारोलाई प्रतिद्वन्द्वी पाएको हो ।
मच्छिन्द्र र पारोबीचको खेल आगामी अगस्ट ८ मा हुनेछ । खेलको भेन्यु तय भएको छैन । शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपविजेता बनेपछि मच्छिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो ।
लिगको विजेता चर्च ब्वाइज युनाइटेडको एएफसी क्लब लाइसेन्स नभएका कारण मच्छिन्द्रले मौका पाएको हो । अघिल्लो वर्ष मच्छिन्द्रले श्रीलंकाको ब्लु स्टारविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।







Breaking news with related posts