रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय क्याप जित्ने विश्व कीर्तिमानी खेलाडी बनेका छन्।

युरो कप २०२४ को छनोटअन्तर्गत आइसल्यान्डविरुद्ध उनले यो कीर्तिमान बनाएका हुन् ।

मंगलबार राति भएको खेलमा पोर्चुगलले आइसल्याण्डलाई १-० गोल अन्तरले हराएको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरे ।

खेलको ८९ औं मिनेटमा रोनाल्डोले निर्णायक गोल गरे । ३८ वर्षीय रोनाल्डोको यो १२३ औं अन्तराष्ट्रिय गोल हो ।

ADVERTISEMENT

यस्तै खेलको ८० औं मिनेटमा विलियम विलिमसनले रातो कार्ड पाएपछि आइसल्याण्ड १० खेलाडीमा समेटिएको थियो।

आइसल्याण्डविरुद्धको खेलसँगै रोनाल्डोले पोर्चुगलका लागि २०० अन्तराष्ट्रिय खेल समेत पूरा गरेका छन् ।

यस जितपछि पोर्चुगलले ४ खेलमा १२ अंक जोडेको छ । पोर्चुगल समूह ‘जे को शीर्ष स्थानमा रहेको छ ।

आइसल्याण्ड ३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?