एसिया कप पाकिस्तान र श्रीलंकामा हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालले खेल्ने एसिया कप पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले एकदिवसीय एसिया कप २०२३ आगामी अगष्ट ३१ देखि १७ सेप्टेम्बरसम्म पाकिस्तान र श्रीलंकामा हुने पक्का भएको जनाएको छ ।

प्रतियोगिताका चार खेल पाकिस्तान र बाँकी ९ खेल श्रीलंकामा हुने एसिसीले जनाएको छ । भारत पाकिस्तान नजाने भएपछि श्रीलंकामा ९ खेल हुने भएका छन् । नेपालले भने पाकिस्तानसँगको खेल पाकिस्तानमै खेल्नेछ । समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् ।

ADVERTISEMENT

नेपालले अघिल्लो महिना घरेलु मैदान टियुमा एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै एसिया कपमा स्थान बनाएको थियो । आयोजक पाकिस्तानमा भने मात्रै चार खेल हुनेछन् । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरमा एकअर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?