सावित्रा युरोपेली क्लबमा आबद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी युरोपेली क्लबमा आबद्ध हुनुभएको छ । सावित्राले आगामी सिजनका लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गर्नुभएको हो ।

क्लबले सामाजिक सञ्जालमार्फत् सावित्रालाई अनुबन्ध गरेको जनाएको हो । यसअघि भारतीय लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएकी सावित्रा यसपल्ट युरोपियन लिगमा अनुबन्ध हुनुभएको हो । उहाँ युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडीसमेत बन्नुभएको छ ।

ADVERTISEMENT

भारतीय शीर्ष डिभिजन लिगको गत सिजनमा सावित्राले १० खेलमा २९ गोल गर्नुभएको थियो । उहाँको उत्कृष्ट प्रदर्शन मद्दतमा गोकुलम केरलाले लगातार दोस्रोपटक उपाधि जितेको थियो । सावित्राले नेपाल एपिएफ क्लबबाट घरेलु लिग खेल्दै आउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *