नेपाली क्रिकेट टोली जिम्बाबे प्रस्थान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आइतबार आयोजनास्थल जिम्बाबे प्रस्थान गरेको छ । दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्दै नेपाली टोली जिम्बाबे प्रस्थान गरेको हो । दक्षिण अफ्रिकामा नेपालले नेदरल्याण्ड्स र स्कटल्याण्डसँग दुई अभ्यास खेल खेल्दै जिम्बाबे प्रस्थान गरेको हो । नेपाल दुवै अभ्यास खेलमा पराजित भएको थियो ।

जिम्बाबेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्ने तालिका छ । प्रतियोगिता १८ जुनदेखि ९ जुलाईसम्म हुनेछ । नेपाल, वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बाबेसँग खेल्दै खेलको सुरुवात गर्नेछ । प्रतियोगिता १८ जुनदेखि ९ जुलाईसम्म जिम्बाबेमा हुनेछ ।

नेपालले दोस्रो खेल २० जुनमा अमेरिकासँग खेल्नेछ भने वेस्टइण्डिजसँग २२ जुनमा र २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।

ADVERTISEMENT

सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।

यदि नेपालले सुपर सिक्समा स्थान बनाउन नसके प्लेअफ खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले गत सोमबार नै २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।

नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहोरा रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *