म्यानचेस्टर सिटीले जित्यो पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ ।

टर्कीको इस्तानबुलमा शनिबार राति भएको खेलमा इन्टर मिलानलाई १–० ले पराजित गर्दै सिटीले च्याम्पियनसिप लिगको उपाधि जितेको हो ।

ADVERTISEMENT

एटाटर्क ओलम्पिया स्टेडियममा भएको फाइनल खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । निकै प्रतिस्पर्धात्मक र रोचक देखिएको उक्त खेलको ६८ औं मिनेटमा रोड्रीले गरेको गोलले सिटीलाई च्याम्पियन सिपको उपाधिका लागि निर्णायक साबित भयो । त्यसपछि दुवै पक्षवाट कुनै गोल निस्कन नसक्दा खेल १–० मा टुंगिएर सिटी च्याम्पियन बनेको हो ।

पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित हासिल गरेको सिटीले यसै सिजनको इंग्लिस प्रिमियर लिग र एफए कपको उपाधीमा पनि जित हासिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?