पाल्पा गोल्ड कप : रोडस् चितवनले जित्यो उपाधि

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । रोड्स चितवनले कर्णेल उजिरसिंह पाल्पा गोल्डकपको उपाधि जितेको छ । शनिबार तानसेनको टुँडिखेलमा भएको फाइनल खेलमा चितवनले होराइजन फुटबल क्लब वालिङ स्याङ्जालाई २–० ले पराजित गर्दै उपाधि जितेको हो ।

रोड्सका बिक्की चाम्लिङ राइले दुई गोल हानेर क्लवलाई उपाधि दिलाउन सफल भए। फाइनल खेलको पहिलो हापको तेस्रो मिनेटमा पहिलो गोल गरेका राईले दोश्रो हापको चौथो मिनेटमा पेनाल्टी मार्फत पुनः दोस्रो गोल हान्न सफल भए। सुुरुवातदेखि नै चितवनलाई धवाबमा राखेको होराइजन फुटबल क्लव वालिङले एक गोल पनि गर्न सकेन । खेलमा आक्रामक र रक्षात्मक खेलेका वालिङ्का खेलाडीले निर्धारित समयमा गोल गर्न भने असफल भए ।

ADVERTISEMENT

प्रतियोगिताको उपाधि प्राप्त गरेको चितवनले नगद ३ लाख, पाल्पाली करुवा ट्रफी पाएको छ भने दोस्रो भएको वालिङ्ले नगद १ लाख ५० हजार, पाल्पाली करुवा प्राप्त गरेको छ । रोड्स चितवनका अमृत गुरुङ म्यान अफ द म्याच भए । उनले ३ हजार पुरस्कार पाए । विजेतालाई तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर जंग राणा, लगायतले पुरस्कार हस्तान्तरण गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?