आफुसँग अनुहार नमिलेको भन्दै बारामा बाबुले गरे २० दिने छोराको हत्या

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । आफ्नै बाबुले कलिलो छोराको हत्या गरेको सुन्दा जो कोहीलाई पनि पत्यार नलाग्न सक्छ । किन भने बाबु–आमाले नै सन्तानलाई सबैभन्दा बढी माया स्नेह गर्छन् । हरेक परिस्थतिको सामना गरेर आफ्ना सन्तानका हरेक ईच्छा चाहना पूरा गर्न बाबुआमा दिनरात नंग्रा खियाउँछन् । सन्तानको मागलाई पूरा गर्न चाहिने आर्थिक श्रोत बलियो बनाउन रोजगारीको लागि देशको कुनाकाप्चादेखि लिएर विदेशको खाडी मुलुकसम्म पुग्छन् ।

आफ्नो ज्यानलाई जोखिममा राखेर भएपनि बालबच्चाको खुशीको लागी मिहिनेत गर्छन । त्यही बाबुले आफ्नै सन्तानको घाटी निमोठेर हत्या गर्न सक्छन ? हतपत्ति यस्ता घटना भएको सुन्दा पत्याउन मुश्किल पर्छ । तर बारामा आफ्नै बाबुले २० दिनको छोरालाई घाटी निमोठेर निर्मम हत्या गरेर बाबुको छोराप्रतिको माया स्नेहमा प्रश्न चिन्ह खडा गरेका छन् ।

बाराको देवताल गाउपालिका ४ पिप्राढीमा २४ वर्षिय बाबु नुर आलम अंसारीले २० दिन उमेर पुगेको आफ्नै छोराको घरमै सुतेको बेला जेठ १४ गते आईतवार नाक मुख थुनेर, घाटी निमोठी हत्या गरेको बारा प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बिहिवार पत्रकार सम्मेलन गरी आफ्नै बाबुले २० दिनको छोरा मारेको घटना सर्वाजनिक गर्नु भएको हो ।

छोराको अनुहार आफुसंग नमिलेको भन्दै नुर आलमले श्रीमतिसंग झै झगडा गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरिक्षक बोगटीले जानकारी दिनुभयो ।

‘अर्कै पुरुषसंग लागेको आरोप लगाउदै आलमले श्रीमतिलाई विगत केही दिन देखी दिनहु गालीगलौज र मारपिट गर्दै आईरहेका थिए,’ प्रउ बोगटीले भन्नुभयो, ‘श्रीमतिको कोखबाट जन्मेको सन्तान अर्कैको हो भन्दै क्रुरतापुर्वक हत्या गरिदिए ।’ यही बैशाख २६ गते कलैया अस्पतालमा जन्मेको शिशुलाई हासीखुशी घर फर्काएका थिए । पछि आशंका बढदै गएपछि रिसको झोकमा नवजात छोराको आलमले निर्मम हत्या गरिदिएको प्रहरी उपरिक्षक बोगटीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।’

घरायशी कामले करेसाबारीमा गएकी श्रीमतिको आँखा छलेर आशंकाको दलदलमा फसेका आलमले मौका छोपी जेठ २४ गते नवजात छोराको हत्या गरिदिएको प्रभारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो ।
घर नजिकैको करेसाबारीमा रहेकी आमा कलमा खातुनले कोखबाट जन्मेको पहिलो सन्तान छोरा चिच्याएको आवाज सुनेर दौडेर घरमा फर्किएकी थिईन् ।
त्यस बखत श्रीमान हतार गर्दै घर बाहिर निस्केको उनले देखेको थिईन । घर भित्र पस्दा नाक र मुखबाट रगत बगीरहेको अवस्थामा छोरा अचेत बनेको प्रहरी उपरिक्षक बोगटीले कलमालाई उदृत गर्दै जानकारी दिनुभयो ।

ADVERTISEMENT

त्यपछि कलमाले रुदै कराउदै छोराको उपचारको लागी परिवारमा गुहार गरेकी थिईन । तर उपचारको लागी अस्पताल लैजाने क्रममै शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कलैया उपमहानगरपालिका ३ भवानीपुर माईती भएकी कलमाले आफन्तको सहयोगमा प्रहरीमा उजुरी दिएपछि शिशुवको शव चिहानबाट निकालेर परिक्षण गरिएको उपरिक्षक बोगटीले जानकारी दिनुभयो ।

घटनाको अनुसन्धानको लागी आरोपित बाबु नुर आलमलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।
बिहिवार मात्रै अदालतले थप ७ दिनको म्याद थपी आलमलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको उहाँले बताउनुभयो ।

फोटोः  आफ्नै छोराको हत्या अभियोगमा पक्राउ परेका देवताल गाउपालिका ४ पिप्राढीका २४ वर्षिय बाबु नुर आलम अंसारी ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *