धादिङको गल्छी हत्याकाण्डका तीनैजना आरोपी कारागार चलान

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । धादिङको गल्छी गाउँपालिका–८, निबुवाबोटमा गत वैशाख २७ गते भएको हत्याको घटनाका आरोपीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । होटेलमा खाजा खाएको पैसाको विषयमा विवाद हुँदा सोही होटलका संचालकले स्थानीय विनोद थापा मगरलाई छुरा प्रहार गर्दा विनोदको मृत्यु भएको थियो ।

घटनामा संलग्न भएको आरोपमा होटल संचालक ४७ वर्षीया सरस्वती पनेरु (पण्डित), उनका छोरा २६ वर्षीय निरज पण्डित र पाल्पा जिल्ला तानसेन नगरपालिका–१४ घर भई धादिङको गल्छी–८ मा बस्दै आएका किरन रानालाई प्रहरीले बैशाख २८ गते पक्राउ गरेको थियो ।

जेठ २४ गते भएको धादिङ जिल्ला अदालतको थुनछेक आदेशले तीनैजना आरोपीलाई पुर्पक्षको लागि कारागार कार्यालय धादिङ चलान गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

थुनामा पठाईएका निरज पण्डित र किरण रानालाई विनोद थापा मगरको हत्या कसुर लगाईएको छ, भने शानदार होटल एण्ड लजका सञ्चालक समेत रहेकी पनेरुमाथि भने मृतक विनोद थापामगरको हत्या तथा केटीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृद्धी गराई मानव बेचबिखन गरेको कसुर समेत लागेको छ ।

ADVERTISEMENT

यसरी भएको थियो हत्या

धादिङको गल्छी गाउँपालिका–८ कटवालपौवाका विनोद थापामगर बैशाख २७ गते राति केही साथी लिएर खाजा खान गाउँ नजिकैको निबुवाबोटे स्थित शानदार होटेल एण्ड लजमा होटेलमा पुगेका थिए । खाजा खाईसकेपछि पुरानो बाँकी पैसाको विषयमा दुई पक्ष बिच भनाभन भयो । पुरानो पैसाको विषयमा होटेल सञ्चालिका सरस्वतीसँग विनोदको केहीबेर निकै चर्काचर्की विवाद भयो ।

रात निकै परिसकेकाले विनोदले मेरो पैसा फिर्ता दिनुस् मलाई ढिलो भइसक्यो । तर विनोद कुरा नसुनेर सरस्वतीले पैसा फिर्ता दिएन् । विवाद झनै चर्किदै गयो । पैसा फिर्ता दिनुका साटो सरस्वतीले आफ्ना छोरा निरजलाई होटलमा बोलाइन । निरज सार्थी किरण रानामगरलाई लिएर होटलमा पुग्छन् । होटलमा पुग्ना साथ होटलमा खाजा खान आएका विनोदलाई निरजले एक्कासी पाँच–सात मुक्का प्रहार गर्छन् । हत्या गर्ने योजनाका साथ आएका निरजले आफ्नो साथमा ल्याएको फोल्डिङवाला छुरा प्रहार गर्छ । छुरा प्रहाबाट विनोद गम्भिर घाईते हुन पुग्छ ।

विनोदलाई होटल वाहिर सडक छेउमा निकालेपछि निरजले मोटरसाइल कुदाएर विनोदको घाईते शरिर माथि थप चोट पटक पु¥याए । स्थानीयले घटनाको बारेमा थाहा पाएपछि विनोदलाई उपचारका लागि तत्काल उद्धार गरी काठमाडौंको नर्भिक अस्पताल पठाउछ । विनोदको उपचारका क्रममा नर्भिक अस्पतालमा बैशाख २८ गते बिहीबार बिहान पौने दुई बजे तिर मृत्यु हुन पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?