काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आइसिसी विश्वकप एकदिवसीय छनोटका लागि दक्षिण अफ्रिका प्रस्थान गर्नुहुने भएको छ । बलात्कार आरोपका कारण सर्वोच्च अदालतमा पेशी हुँदा उहाँ टोलीसँग दक्षिण अफ्रिका जान पाउनुभएको थिएन तर उहाँको पेशी असार २९ सम्मलाई सरेपछि उहाँ सोमबार साँझ दक्षिण अफ्रिका जानुहुने भएको हो ।
तर, नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाई पनि भिसाको समस्याका कारण हालसम्म दक्षिण अफ्रिका जान सक्नुभएको छैन । मोन्टीको भिसा सोमबारसम्म आउने क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिनुभयो । नेपालले ८ जुनमा स्कटल्याण्डसँग दक्षिण अफ्रिकामा वार्मअप खेल खेल्नेछ । दक्षिण अफ्रिकामा नेपालले १० जुनमा नेदरल्याण्ड्ससँग वार्मअप खेल खेल्नेछ । त्यसपछि नेपाल जिम्बाबे जानेछ ।
जिम्बाबेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्ने तालिका रहेको छ । प्रतियोगिता १८ जुनदेखि ९ जुलाईसम्म हुनेछ । नेपाल, वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बाबेसँग खेल्दै खेलको सुरुवात गर्नेछ ।
आइसिसी विश्वकप छनोटमा नेपाल समूह ‘ए’ मा छ । उक्त समूहमा नेपाल, वेस्टइण्डिज, जिम्बाबे, अमेरिका र नेदरल्याण्ड्स छन् । समूह ‘बी’ मा आयरल्याण्ड, श्रीलंका, युएई, स्कटल्याण्ड र ओमान छन् । प्रतियोगिता १८ जुन देखि ९ जुलाईसम्म जिम्बाबेमा हुनेछ ।
सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल जिम्बाबेसँग १८ जुनमा खेल्नेछ । नेपालले दोस्रो खेल २० जुनमा अमेरिकासँग खेल्नेछ । नेपालले वेस्टइण्डिजसँग २२ जुनमा खेल्नेछ । नेपालले २४ जुनमा नेदरल्याण्ड्ससँग खेल्नेछ । यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछ ।
सुपर सिक्समा हरेक समूहबाट शीर्ष तीन टोली आउनेछन् । सुपर सिक्समा सबै टोलीले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछन् ।
यदि नेपालले सुपर सिक्समा स्थान बनाउन नसके प्लेअफ खेल्नेछ । फाइनल भने जुलाई ९ मा हरारे स्पोर्ट्स क्लबमा हुनेछ । नेपालले सोमबार नै २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल(कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमल सिंह ऐरी, श्याम ढकाल र अविनाश बोहोरा रहनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts