भक्तपुरमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

भक्तपुर । भक्तपुरमा राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ओम सृजनशील समाजको आयोजनामा उक्त प्रतियोगिता यहअी जेठ २७ गतेदेखि सञ्चालन हुनेछ ।

सूर्यविनायक नगरपालिका–४ दधिकोट हर्षचोकमा भक्तपुर जिल्ला खेलकुद विकास समिति र सूर्यविनायक नगरपालिकाको समन्वयमा सो प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक पेशल आचार्यले जानकारी दिए ।

ADVERTISEMENT

प्रतियोगितामा पहिलो हुने टोलीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ । त्यसैगरी, दोस्रो हुने टोलीलाई रु २५ हजार र तेस्रोलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा देशभरका २० टोली सहभागी हुने बताइएको छ ।

समाजका अध्यक्ष अर्जुन केसीले खेलकुदको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पर्ने र परिर्वतनका लागि सहयोग पुग्ने अपेक्षाका साथ भलिबल प्रतियोगिता गर्न लागिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?