काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज तीन खेल हुँदेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुईवटा खेल हुनेछन भने अर्को एक खेल च्यासल मैदान ललितपुरमा हुनेछ ।
च्यासल मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लब र सातदोवाटो युवा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
उता, दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्रि स्टार क्लब र एपिएफ फुटबल क्लब भिडन्तमा उत्रने छन, जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, रंगशालामा हुने दोस्रो खेलमा भने चर्च ब्वाईज र जावालाखेल युथ क्लब आमुने सामुने हुनेछन, जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।







Breaking news with related posts