काठमाडौं । नेपालले तेस्रो महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा आज (बिहीबार) मलेसियासँग खेल्दैछ ।
खेल मलेसियाको बांगीमा नेपाली समय अनुसार बिहान पौने ९ मा सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल पराजित भए पनि दोस्रो खेलमा जिजयी भएको थियो । पाँच खेलको सिरिज हालसम्म १–१ को बराबरीमा छ ।
आजको खेल नेपाली समय अनुसार बिहान ८ः ४५ बजेवाट सुरु हुँदैछ ।
पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । आज नेपाल दोस्रो जीत निकाल्ने योजनासहित मैदानमा उत्रदैँछ ।
नेपाल र मलेसियाबीच हालसम्म ५ महिला टी-२० आई खेल भइसकेका छन् । जसमा नेपाल ४ र मलेसिया १ खेलमा विजयी भएको छ ।
सोही क्रममा चौथो र पाँचौं खेल भने शनिबार र आइतबार हुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements