विश्वकप छनोटका लागि नेपाली क्रिकेट टिमको घोषणा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । जिम्बाब्वेमा हुने आईसीसी विश्वकप छनोट प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार साँझ १६ सदस्सीय टिमको घोषणा गरेको छ । क्यानले गत वैशाखमा सम्पन्न एसीसी प्रिमियर कप जित्दाको टिममा दुई खेलाडीलाई थपेको छ । थप हुनेमा विकेटकिपर अर्जुन साउद र किशोर महतो हुनुहुन्छ ।

क्यानले गत सोमबार मात्र २२ सदस्सीय प्रारम्भिक टिमको घोषणा गरेको थियो । उक्त टिमबाट देव खनाल, अविनाश बोहरा, सन्दीप जोरा, सूर्य तामाङ, कमलसिंह ऐरी, र श्याम (मौसम) ढकाल अन्तिम-१६ मा पर्न सक्नुभएन ।

यस प्रतियोगिताका लागि नेपालले मंगलबारबाट बन्द प्रशिक्षण सुरु गरेको छ । जिम्बाब्वे भ्रमणका लागि नेपाली टिमले दक्षिण अफ्रीकामा अन्तिम तयारी गर्ने यसअघि नै क्यानले जनाएको छ ।

असार ३ गतेबाट हुने प्रातियोगितामा नेपालसँगै श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्याण्ड, युनाइटेड अरब इमिरेट्स (यूएई), अमेरिका गरी १० राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

ADVERTISEMENT

श्रीलंका, वेस्ट इन्डिज, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्स विश्वकप सुपर लिगमा पुछारको पुछार रहेका पाँच टिम हुन् । ओमान, स्कटल्यान्ड र नेपाल आईसीसी क्रीकेट विश्वकप लिग-२ को शीर्ष तीनमा रहन सफल टिम हुन् । यूएई र अमेरिका भने आईसीसी विश्वकप क्वालिफायर प्लेअफको शीर्ष दुई टिम हुन् ।

जिम्बाब्वेमा हुने प्रतियोगिताबाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र अफगानिस्तान सिधा विश्वकपका लागि छनोट भइसकेका छन् ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, किशोर महतो रहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *