गुजरात आइपिएलको फाइनलमा, मुम्बई बाहिरियो, उपाधि भिडन्त चेन्नईसँग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । युवा ओपनर शुभमन गिलको शतक सहयोगमा साबिक विजेता गुजरात टाईटन्स मुम्बई इन्डियन्सलाई पराजित गरि १६ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपिएल)को फाइनलमा पुगेको छ ।

शुक्रबार राति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिक पुगेको हो ।

गुजरातले दिएको २३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १७१ रन बनाउँदा अलआउट भयो ।

ADVERTISEMENT

मुम्बईका लागि सुर्यकुमार यादवले ३८ बलमा ७ चौका र २ छक्काको सहयोगमा ६१ रनको अर्धशतकीय ईनिङ्स खेले । ६१ रन बनाउँदै सुर्या मोहित शर्माको बलमा बोल्ड आउट भए ।

गुजरातका लागि ओपनर शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्काको सहयोगमा १२९ रनको शतकीय ईनिङ खेले । यस सिजनमा आफ्नो तेस्रो शतक गिलले ४९ बलमा पूरा गरे । गिल आकाश मधवालको बलमा आउट भए ।

यो सिजनको आइपिएलमा उनको यो तेस्रो शतक हो । गुजरातले अब उपाधिको लागि आइतबार चेन्नई सुपर किंग्ससँग खेल्नेछ । दोस्रो क्वालिफायरमा पराजित भएको मुम्बई भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *