काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।
जसअनुसार एउटा खेल च्यासल मैदान, ललितपुरमा हुनेछ भने अर्को खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी क्लब र फ्रेन्डस क्लब बीचमा प्रतिस्पर्धा हुनेछ । सो खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
यसैगरी, च्यासल खेल मैदानमा चर्च ब्वाईज र हिमालय शेर्पा क्लब एक आपसमा भिडने छन् । जुन खेल पनि दिउँसो ३ बजेबाट सुरु हुनेछ ।







Breaking news with related posts