लण्डन । काजकिस्तानकी एलेना राइबाकिनाले इटालियन ओपनअन्तर्गत महिलातर्फको उपाधि जित्नुभएको छ । फाइनलमा युक्रेनी खेलाडी एन्हेलिना कालिनिनाबाट वाकओभर पाउँदै राइबाकिना च्याम्पियन बन्नुभएको हो ।
खुट्टाको चोट बोकेपछि युक्रेनी खेलाडीले खेल छोड्नुभएको थियो । वाकओभर पाउनुअघि सातौँ वरीयताकी राइबाकिना ६-४ र १-० ले अघि रहनुभएको थियो । २४ वर्षीय राइबाकिनाको यो करियरको चौथो डब्लुटिए उपाधि हो । राइबाकिनाले गत वर्ष विम्बल्डन टेनिस जित्नुभएको थियो । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts