युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । युरोपा लिगको उपाधिका लागि सेभिया र रोमा भिड्ने भएका छन् ।

बिहीबार राति भएको खेलमा सेभियाले युभेन्टस र रोमाले लेभरकुजेनलाई पराजित गरे पछि फाइनलमा दुवै टिमको भिडन्त पक्का भएको हो । सो रोमाञ्चक फाइनल खेल हंगेरीको बुढापेस्टमा मे ३१ मा हुने छ ।

इटालियन क्लब युभेन्ट्सलाई दोस्रो लेगको खेलमा २–१ ले हराउँदै तथा समग्रमा सेभियाले ३–२ को जित हात निकाल्न सफल भएको हो । पहिलो लेगको खेलमा यी दुई क्लब १–१ गोलको बराबरी रोकिएका थिए ।

शुक्रवार रातिको खेलमा डुसान भ्लाहालोभिचले ६५ औं मिनेटमा गोल गरेपछि युभेन्ट्सले सुरुआती अग्रता लिन सुरु गरेको थियो । तर, ७१ औं मिनेटमा सुसोले सेभियाका लागि गोल गरे पछि खेल १–१ मा गोलको बराबरीमा रहन पुग्यो ।

उता, खेल अतिरिक्त समयमा सेभियाका लागि एरिक लामेलाले अर्को गोल थपे, जुन गोल सेभियालाई फाइनलमा जानका लागि निर्णायक बनिदियो ।

ADVERTISEMENT

र, युनाईटेडलाई २–१ ले पराजित गरेको सेभियाले समग्रमा ३–२ को जित निकाल्दै फाइनल यात्रा तय गर्न सफल भयो ।

उता, इटालियन क्लब रोमा भने युरोपा लिगको फाइनलमा सेभियासँग भिडन लेभरकुजनलाई पराजित गर्दै आएको हो ।

शुक्रबार बिहान सम्पन्न भएको खेल गोलरहित बराबरीमा सम्पन्न भए पनि पहिलो लेगमा १–० गोल अन्तरले जीत हासिल गरेका कारण रोमा फाइनलमा पुग्न सहज भएको हो ।

लेभरकुजन १–० ले पछि पारेर रोमाले सेभियासँग भिडन्तका लागि फाइनल यात्रा पक्का गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?