सिटी युरोपियन च्याम्पियन लिगको फाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

साविक विजेता तथा कीर्तिमानी १४ पल्टको च्याम्पियन रियल म्याड्रिडमाथि ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै सिटी फाइनलमा पुगेको हो ।

इतिहाद स्टेडियम म्यानचेस्टरमा बुधबार राति भएको खेलको २३औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए, त्यसपछि लगत्तै ३७औं मिनेटमा सिल्भाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पहिलो हाफमा नै सिटीको अग्रता २–० ले दोब्बर पारिदिए ।

ADVERTISEMENT

उता, दोस्रो हाफको ७६औं मिनेटमा म्यानुयल एकान्जीले गोल गरेपछि सिटी ३–० को सहज जिततर्फ अघि बढयो भने इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा परिवर्तित खेलाडी अल्भारेजले गोल गर्दै सिटी ४–० को अग्रता लिन सफल भयो ।

अन्ततः सिटीले ४–० को तथा समग्रमा ५–१ को जित निकाल्दै फाइनल सुनिश्चित गर्न सफल भयो ।

सिटी यसअघिको दुई संस्करणको सेमिफाइनलमा रियलसँगै पराजित भएको थियो भने सिटी यो पटकसहित दोस्रोपटक फाइनलमा पुगेको हो । अब सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *