लण्डन । जोनी बेयरस्टो झण्डै एक वर्षपछि इंग्ल्याण्डको टोलीमा फर्किनुभएको छ । अर्को महिना आयरल्याण्डसँग हुने टेस्ट खेलका लागि इंग्ल्याण्डको टोलीमा बेयरस्टो फर्किनुभएको हो ।
गत वर्ष अगष्टमा गल्फ खेल्नेक्रममा लडेर बायाँ खुट्टामा चोट लागेपछि मैदानबाहिर रहनुभएका अलराउण्डर बेयरस्टो टोलीमा फर्कनुभएको हो । गत आइसिसी एक दिवसीय विश्वकपमा उहाँले लगातार सानदार प्रदर्शन गर्नुभएपछि इंग्ल्याण्ड च्याम्पियन बनेको थियो ।
उहाँसँगै तीव्रगतिका बलर क्रिस वोक्सले पनि एक वर्षपछि टोलीमा पुनरागमन गर्नुभएको छ । टोलीमा युवा ब्याटर ओली पोपलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । इंग्ल्याण्ड र आयरल्याण्डबीचको टेस्ट खेल आगामी जुन १ देखि लड्समा सुरु हुनेछ ।
आयरल्याण्डविरुद्ध इंग्ल्याण्डको टेस्ट टोलीमा बेन स्टोक्स (कप्तान), जेम्स एन्डरसन, जोनी बेयरस्टो, स्टुअर्ट ब्रोड, हृयारी बु्रक, ज्याक क्रली, बेन डकेट, ड्यान लरेन्स, ज्याक लेच, ओली पोप, म्याथ्यु पट्स, ओली रोविन्सन, जो रुट, क्रिस वोक्स र मार्क वुड रहनुभएको छ । एजेन्सी ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts