रुविना शीर्ष सयमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान रुविना क्षेत्री टी-ट्वान्टी बलिङतर्फको वरीयतामा शीर्ष १०० भित्र अटाउनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा रुविनाले आफ्नो वरीयतामा सुधार गर्दै एक सयौं स्थानमा रहनुभएको छ ।

बलिङतर्फ नै कविता कुँवर र सीता राना मगर यथावत् रहनुभएको छ । नयाँ वरीयताअनुसार कविता ९३औँ तथा सीता ९७औँ स्थानमा कायमै रहनुभएको छ । ब्याटिङतर्फ भने सीता राना मगर ६९औँ स्थानमा यथावत् रहनुभएको छ ।

ADVERTISEMENT

बलिङतर्फको शीर्ष वरीयतामा इंग्ल्याण्डकी सोफी एक्लेस्टोन हुनुहुन्छ । ब्याटिङतर्फ अष्ट्रेलियाकी ताहलिया म्याकग्राथ शीर्षस्थानमा हुनुहुन्छ । महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १६औँ स्थानमा यथावत् रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *