एभर्टनलाई पराजित गरेको म्यानचेस्टर शीर्षस्थानमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर सिटीले उपाधि जित्ने सम्भावनालाई बढाएको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली एभर्टनलाई ३-० ले पराजित गर्दै उपाधीको सम्भावना बढाएको हो ।

गुडिसन पार्कमा आइतबार राति भएको सहज जीतको खेल पछि दोस्रो स्थानको आर्सनललाई ४ अंकले पछि पार्दै म्यानचेस्टरले उपाधिको सम्भावनालाई थप बलियो बनाएको हो ।

म्यानचेस्टरले पहिलो हाफमा नै दुई गोल गरेको थियो । पहिलो हाफको ३७औं मिनेटमा इल्केए गुन्डोगानले गोल गर्दै सिटीलाई १-० को अग्रता दिलाएको केही बेरमा अर्थात ३९ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई पहिलो हाफमा नै २-० को अग्रता दिलाउन सफल भई दिए ।

ADVERTISEMENT

यसैगरी, दोस्रो हाफको ५१औं मिनेटमा गुन्डोगानले फ्रि किकमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३-० को जीतको स्थीतिमा ल्याइ दिए । त्यसपछि दुबैतर्फवाट गोल हुन सकेनन, अन्ततः म्यानचेस्टर ३-० को अग्रतासहित उपाधी होडतर्फ थप अग्रसर हुन पुग्यो ।

यस जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३५ खेलबाट ८५ अंक पुगेको छ भने पराजित एभर्टन ३६ खेलबाट ३२ अंक जोडेर १७औं स्थानमा सिमित रहेको छ ।

उता, समान खेलबाटै दोस्रो स्थानमा रहेको आर्सनलले ८१ अंकसहित म्यानचेस्टरलाइ पछयाईरहेको छ भने एभर्टनलाई पराजित गरेको म्यानचेस्टरले थप ४ अंक जोडेर उपाधी होडमा आफूलाई शिर्षस्थानमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *