आईपीएल : चेन्नाईमाथि कोलकाताको सहज जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कोलकत्ता नाईट राईडर्सले भारतमा जारी रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सलाई पराजित गरेको छ ।

चेन्नाईको घरेलु मैदान एमए चेन्नास्वामीमा आईतबार भएको खेलमा कोलकत्ता ६ विकेटले विजयी भएको हो ।

चेन्नाईले दिएको १४५ रनको लक्ष्य कोलकत्ताले १८.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

ADVERTISEMENT

कोलकत्ताको जितमा कप्तान नितिश राणा र रिंकु सिंहले अर्धशतकीय ईनिङ्स खेले । राणाले ४४ बलमा ६ चौका र १ छक्काको सहयोगमा अविजित ५७ रन बनाए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रनको योगफल खडा गरेको थियो ।चेन्नाईका सिवम दुबेले ४८ रन बनाएका थिए ।

जितसँगै १३ खेलबाट १२ अंक जोडेको कोलकाता तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट १५ अंक जोडेको चेन्नाई तालिकाको दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *