पञ्जाबले दिल्लीलाई हरायो, प्रभसिमरनको शतक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफ पुग्ने होडबाट दिल्ली क्यापिटल्स बाहिरिएको छ ।

शनिबार राति दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा पञ्जाबले ३१ रनको जित निकालेसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ८ विकेट गुमाएर १३६ रनमा समेटियो ।

ADVERTISEMENT

युवा ओपनर प्रसिमरन सिंहले उक्त खेलमा शतक प्रहार गरेका थिए । सिंहले ६५ बलमा १० चौका र ६ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ्स खेले । आइपीएलमा सिंहको यो पहिलो शतक हो ।

पराजितसँगै दिल्ली प्लेअफको होडबाट बाहिरिएको छ। १२ खेलबाट ८ अंक जोड्दै तालिकाको पुछारमा रहेको दिल्लीले जारी सिजन ४ खेलमात्र जित्न सकेको छ ।

पञ्जाब भने दिल्लीलाई हराएर १२ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?