शहीद स्मारक ‘ए’ डिभिजन लिगः आज तीनवटा खेल हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शहीद स्मारक लिग ए डिभिजन फुटबलमा आज तीन खेल हुँदैछन् ।

गत बहीबार एक मात्र खेल भएको ए डिभिजन लिगमा आज तीन खेल हुन लागेको हो । जसअनुसार दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल एन्फा कम्प्लेक्स, सातदोबाटोमा हुनेछ ।

ADVERTISEMENT

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो खेल संकटा क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । जुन खेल ३ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल ६ बजेबाट सोही रंगशालामा हुनेछ । जुन खेलमा न्युरोड टिम र खुमलटारबीच प्रतिस्पर्धा गर्नेछन् ।

उता, एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा र मनाङ मस्र्याङदीका बिचमा प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *