शहिद स्मारक लिगमा आज तीन खेल हुदैँ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् ।

आज हुने तीन खेल मध्ष दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र मनाङ मर्स्याङ्दी बिच पहिलो खेल हुनेछ । सो खेल अपरान्ह दिउँसो ३ बजे सुरु हुनेछ ।

ADVERTISEMENT

यसैगरी, सोही रंगशालामा नै बेलुका ६ बजे हुने दोस्रो खेल हुनेछ । जसमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, च्यासल मैदान, ललितपुरमा चर्च ब्वाइज युनाईटेड र न्युरोड टिम एनआरटी एक आपसमा आमने सामने हुनेछन् । सो खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *