जर्मनीका देवरामसँग भुपेन्द्रको हार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ आइबिएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा भइरहेको आइबिए मेन्स विश्व बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज भुपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसँग ४-१ अंकका आधारमा पराजित हुनुभएको छ ।

नेपाली मुक्केबाज थापाले ६०-६३.५ किलो तौल समूहमा जर्मनीका मुक्बेबाज गोक्दुमान देवरामसँग राउण्ड ६४ अन्तर्गत सेसन २ ‘ए’ को पाँचौँ नम्बर बाउट ४६ प्रतिस्पर्धा गर्नुभएको थियो । थापा १३औँ सागका स्वर्ण पदक विजेता खेलाडी हुनुहुन्छ । थापा जर्मनी मुक्केबाजसँग राम्रो खेल प्रदर्शन गर्दै ४ः१ (स्प्लिट) अंकमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेले जानकारी दिनुभयो ।

ADVERTISEMENT

४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि सोही स्थानमा पुगिसक्नुभएको छ । रविन थापाले उज्वेकिस्तानी बक्सरसँग मे ४ तारिखमा प्रतिस्पर्धा गर्नुहुनेछ । थापासहित नेपाली टोलीका प्रशिक्षक निवर्तमान मुख्य प्रशिक्षक प्रकाश थापामगर र सुजित पुन मगरलाई गत अप्रिल २८ तारिखमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेसहितको टोलीले बिदाई गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *