मेस्सीलाई दुई साताको प्रतिबन्ध

Read Time = 2 mins

पेरिस । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले टोलीका मुख्य फरवार्ड लियोनेल मेस्सीलाई दुई साताको प्रतिबन्ध लगाएको छ । क्लबको अनुमतिबिनै साउदी अरबको भ्रमण गरेपछि पिएसजीले मेस्सीलाई प्रतिबन्ध लगाएको हो ।

साउदी भ्रमणलगत्तै मेस्सीले लिग वानमा लोरिएन्टविरुद्ध पूरै ९० मिनेट खेल्नुभएको थियो । उक्त खेलमा पिएसजी ३-१ ले पराजित भएको थियो । निलम्बन अवधिमा मेस्सीले पिएसजीबाट प्रशिक्षण गर्न वा खेल खेल्न पाउनुहुने छैन ।

ADVERTISEMENT

३५ वर्षीय मेस्सीले व्यावसायिक कामका लागि साउदी अरेबियाको भ्रमणका लागि अनुमति माग्दा क्लबले दिएको थिएन । क्लबले अनुमति नदिए पनि यात्रा गर्नुभएपछि मेस्सीलाई जरिवानासमेत तिराएको थियो । यसै वर्ष भएको फिफा विश्वकपको विजेतासमेत रहनुभएका मेस्सीले पिएसजीसँग दुई वर्षको सम्झौता गर्नुभएको थियो । जुन यसै समरमा सकिँदैछ ।

मेस्सीले पिएसजीका लागि सबै प्रतियोगितामा ७१ खेलमा ३१ गोल र ३४ गोलमा सहायकको भूमिका निर्वाह गर्नुभएको छ । दुई साताको प्रतिबन्धपछि मेस्सीले ट्रोएस र एजासियोविरुद्धको खेल गुमाउनुहुनेछ । लिग वानमा पाँच खेल बाँकी रहँदा शीर्षस्थानमा रहेको पिएसजीले स्पष्ट पाँच अंकको अग्रता लिएको छ । पछिल्ला ११ सिजनमा पिएसजी नवौँ लिग वान उपाधि जित्न चाहन्छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *