चेल्सीलाई पराजित गर्दै आर्सनल शिर्षस्थानमा उक्लियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिगको जारी खेलमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ ।

घरेलु मैदानमा चेल्सीलाई ३–१ ले पराजित गर्दै आर्सनल शीर्षस्थानमा उक्लिएको छ । चेल्सीको यो लगातार छैटौं हार हो ।

इमिरेट्स स्टेडियममा मंगलबार राती भएको खेलमा आर्सनलले पहिलो हाफ नै ३ गोल गरेर आफनो मजबुत पकड कामय गरेको थियो ।

खेलको १८औं मिनेटमा ओडेगार्डले गोल गर्दै आर्सनलाई १–० को अग्रता दिलाउन सुरु गरे । त्यसको १३ मिनेट पछि अर्थात ३१औं मिनेटमा झाँकाकै पासमा ओडेडार्डले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारिदिए ।

ADVERTISEMENT

आर्सनल यतिमा नै रोकिएन, दोस्रो गोल गरेको १ मिनेट पछि अर्थात ३४औं मिनेटमा जेससले थप गोल गरे पछि पहिलो हाफमै आर्सनलले ३–० को को राम्रो पकड लिन सफल भयो ।

उता, दोस्रो हाफको ६५औ मिनेटमा चेल्सीका लागि नोनीले गोल फर्काए पछि खेल ३–१ को स्थितिमा रहन पुग्यो । त्यसपछि एक अर्काको पोष्टमा गोल गर्नका लागि दुवै टिमले प्रयास गरे पनि सफल भएनन । अन्ततः ३–१ को अन्तरले आर्सनल बिजयी भयो ।

यस जितसँगै शीर्षस्थानमा उक्लिएको आर्सनलले ३४ खेलबाट ७८ अंक बटुलेको छ भने पराजित चेल्सी ३३ खेलबाट ३९ अंक जोडेर १२औं स्थानमा सिमित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *