काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा आज (बुधबार) दुई खेल हुँदैछ ।
मुलपानी मैदान र टियु मैदानमा समान १र१ खेल आयोजना हुँदैछ । मुलपानी मैदानमा हुने खेलमा समूह ‘बी’ का बहराइन र युएईबीच खेल हुँदैछ ।
उपाधी दावेदार युएईलाई सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने हुन्छ । बहराइन पनि आजको खेल जितेर सेमिफाइनल सम्भावना कायमै राख्न चाहन्छ ।
टियु मैदान कीर्तिपुरमा आयोजना हुने खेलमा समूह ‘ए’ का साउदी अरेबिया र ओमानबीच खेल हुदैछ ।
यस खेलमा जित हात पार्ने टोली नै सेमिफाइनल प्रवेश गर्ने हुँदा दुवैका लागि यो खेल महत्वपूर्ण रहेको छ ।
यस समूहबाट नेपाल सेमिफाइनल प्रवेश गरिसकेको छ भने साउदी अरेविया र ओमान मध्य एक टोली सेमिफाइन प्रवेश गर्नेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements