नेत्रहीन महिला क्रिकेटमा भारतमाथि नेपालको जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । विनिता पुनको पहिलो ऐतिहासिक अन्तर्राष्ट्रिय शतकमा पोखराको क्रिकेट मैदानमा भएको पहिलो खेलमा नेपाली नेत्रहीन महिला क्रिकेटको टिमले विजय हासिल गरेको छ । टस हारेर फिल्डिङमा उत्रेको भारतीय नेत्रहीन महिला क्रिकेट टिमले निर्धारित २० ओभरको समाप्तिमा सात विकेटको क्षतिमा १७३ रनको योगफल तयार गरेको थियो । भारतका पाँच खेलाडी रन आउट भएका थिए भने एक विकेट विनित पुन र एक विकेट निशा चौधरीले लिनुभएको थियो ।

जवाफी ब्यटिङमा नेपालले दुई विकेट गुमाउँदै आठ विकेटले जित हासिल गरेको थियो । नेपालका लागि प्लेयर अफ द सिरिज विनिता पुनले विस्फोटक ब्याटिङ गर्दै ५७ बलमा नटआउट १११ रन प्रहार गर्नुभएको थियो । उहाँ १७ चौकासहित नेत्रहीन महिला क्रिकेटको इतिहासमा पहिलो शतक बनाउने खेलाडी बन्नुभएको छ । त्यसैगरी मनकेशरी चौधरीले ३२ रन, सरिता घिमिरेले नटआउट हँुदै २१ रन प्रहार गर्नुभएको थियो ।

ADVERTISEMENT

भारतीय नेत्रहीन महिला क्रिकेट टिमका तर्फबाट उपकप्तान गंगावा निलप्पाले सर्वाधिक नटआउट ७२ रन, सिमु दासले २६, दिपिका टिसीले १६, वर्षाले १०, सुष्मा पटेलले नौ रन बनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?