युभेन्ट्समाथि नेपोलीको जित

Read Time = 2 mins

टुरिन । इटालियन सिरी ‘ए’ फुटबलमा नेपोलीले युभेन्ट्समाथि एक-शून्यको जित हात पारेको छ । नेपोलीले खेलको इन्जुरी समयमा निर्णायक गोल गर्दै तीन अंक जोडेको हो । इन्जुरी समयमा जियाकोमो रास्पाडोरीले गोल गर्दै टोलीलाई जित दिलाउनुभएको थियो ।

त्यसअघि ८२औँ मिनेटमा एन्जल डि मारियाले गोल गरे पनि भिएआरबाट मान्यता पाएन । यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीको ३१ खेलबाट ७८ अंक पुगेको छ । समान खेलबाटै ५९ अंक जोडेको युभेन्ट्स तेस्रो स्थानमा रहेको छ ।

यस्तै, सिरी ‘ए’ मै एसी मिलानले घरेलु मैदानमा लिसलाई दुई-शून्यले पराजित गरेको छ । मिलानको जितमा दुवै गोल राफयल लियोले गर्नुभयो । ४०औँ मिनेटमा राफयल लियोले सान्द्रो टोनालीको पासमा र ७५औँ मिनेटमा ब्राहिम डियाजको पासमा टोलीका लागि दोस्रो गोल गर्नुभयो ।

ADVERTISEMENT

यस जितसँगै मिलान ३१ खेलबाट ५६ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ । पराजित लिस २८ अंक जोडेर १६औँ स्थानमा छ । अर्काे खेलमा इन्टर मिलानले इम्पोलीलाई तीन-शून्यले पराजित गरेको छ । इन्टरको जितमा रोमेलु लुकाकुले दुई तथा लोउटारो मार्टिनेजले एक गोल गर्नुभयो ।

यस जितसँगै इन्टर ३१ खेलबाट ५४ अंक जोडेर छैटौँ स्थानमा यथावत् छ । पराजित इम्पोली ३२ अंक जोडेर १५औँ स्थानमा छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *